८ बैशाख २०८१, शनिबार

सत्ता गठबन्धनले भागबन्डा टुङ्ग्यायो, कसले पायो कुन मन्त्रालय ?

gathbandan

सत्ता गठबन्धनमा आबद्ध दलले मन्त्रालय संख्याको भागबन्डा टुंग्याएका छन् ।

गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाबीच भदौ १४ पछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमतिसहित मन्त्रालयको संख्यामा भागबन्डा मिलेको हो ।

गठबन्धन आबद्ध दलका एक नेताका अनुसार कांग्रेसले प्रधानमन्त्रीसहित सात, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले एक राज्यमन्त्रीसहित ६–६ मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ ।

संविधानमा भएको व्यवस्थाअनुसार २२ मन्त्रालयमा २५ जनाभन्दा बढी मन्त्री राख्न पाइन्न ।

सर्वोच्च अदालतको परमादेशबाट असार २९ गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाको मन्त्रिपरिषदमा हाल एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री छन् ।

सरकार बनेको डेढ महिना हुँदा पनि प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्न नसकेको भन्दै चौतर्फी आलोचना हुँदै आइरहेको छ ।