
नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत चयन भएका छन् ।
मुख्यमन्त्री एवम् दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएका हुन् ।
आचार्यले आजै नयाँ मुख्यमन्त्रीको शपथ लिने तयारी गरेका छन् ।
केन्द्रीय राजनीतिक समीकरणसँगै यसअघि नै ओली पक्षका बागमती प्रदेशको मुख्यमन्त्रीबाट डोरमणी पौडेलले राजीनामा दिएपछि अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भइसकेका छन् ।