१५ बैशाख २०८१, शनिबार

काबुल विमानस्थलमा आक्रमण हुन सक्ने अमेरिका र बेलायतको चेतावनी

kabul 2
फाइल फोटो

अफगानिस्तानस्थित काबुल विमानस्थलमा आक्रमण हुनसक्ने अमेरिका र बेलायतले चेतावनी दिएका छन् । काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौँ सर्वसाधारणले प्रतीक्षा गरिरहेको बेला दुवै देशले सुरक्षा खतराको चेतावनी जारी गरेका हुन् ।

विद्रोही तालिबानले काबुल कब्जा गरेपछि विभिन्न देशका नागरिकले अफगानिस्तान छाड्ने क्रम जारी छ ।

विमानस्थलमा पुगिसकेकाहरुलाई पनि त्यहाँबाट फर्किन भनिएको छ । अमेरिकी विदेश विभागले जारी गरेको अलर्टमा विमानस्थलको पूर्वी र उत्तरी गेटमा प्रतीक्षा गरिरहेकाहरुलाई ‘तुरुन्त अफगानिस्तान छाड्न’ भनिएको छ ।

यसअघि बेलायतले यस्तै प्रकारको अलर्ट जारी गर्दै मानिसहरुलाई सुरक्षित स्थानमा जान र थप सूचनाको प्रतीक्षा गर्न भनेको थियो । बेलायतको विदेश कार्यालयका अनुसार अफगानिस्तानमा सुरक्षा स्थिति अस्थीर छ र त्यहाँ आतंकवादी आक्रमणको खतरा छ ।