१३ बैशाख २०८१, बिहीबार

प्रहरी हवल्दार घुससहित पक्राउ

arest

महोत्तरीको गौशालाबाट सशस्त्र प्रहरी बल सुरक्षा बेस रामनगरका प्रहरी हवल्दार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोली गौशाला नगरपालिका वडा नं. ४ बाट मङ्गलवार सशस्त्र प्रहरी बल सुरक्षा बेस रामनगरका सशस्त्र प्रहरी हवल्दार राजीव शरण साहलाई पाँच हजार घुस रकमसहित पक्राउ गरेको छ ।

हवल्दार साहले गौशालाका व्यापारीहरुसंग असुल गरेको रकमसहित गौशाला नगरपालिका–४ बिर्ता जाने बाटोबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ । पक्राउ परेका साहलाई थप अनुसन्धानको लागि आयोगको कार्यालय बर्दिबास लगिएको छ ।