१४ बैशाख २०८१, शुक्रबार

झलनाथ खनालद्वारा एमाले परित्याग, दूतावासमार्फत मन्जुरीनामा पठाउने

jhalnath khanal
फाइल फोटो

वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले परित्याग गरेका छन् । नेता खनालले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा(एकीकृत समाजवादी) पार्टीलाई समर्थन गर्दै एमाले परित्याग गरेका हुन् ।

हाल नयाँ दिल्लीमा उपचार गराइरहेको खनालले निर्वाचन आयोगमा आफू एमालेमा नरहेको र एकीकृत समावादीमा रहेको सनाखत वारेसनामा पठाउने भएका छन् । खनालले एमाले परित्याग गरेको उनीनिकट स्रोतले जनाएको छ ।

“उहाँले एमाले परित्याग गर्नुभएको छ र नवगठित नेकपा एकीकृत समाजवादीको वरिष्ठा नेता हो । भोलि निर्वाचन आयोगमा उहाँले सनाखत गर्नका लागि आफ्नो मन्जुरीनामा पठाउनु हुनेछ,” स्रोतले भन्यो ।

नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले खनालले दिल्लीस्थित नेपाली दूतावासमार्फत सनाखत गरिएको पत्र निर्वाचन आयोगलाई आजै पठाउने बताए ।

आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई सनाखतका लागि भदौ ९ गते बोलाएको छ । प्रस्तावित एकीकृत समाजवादीमा नेपाल अध्यक्ष र वरिष्ठ नेता खनालसहित ११५ जना केन्द्रीय सदस्य छन् ।