१२ बैशाख २०८१, बुधबार

कुन कुन विषयमा ओली र मध्यमार्गी नेताहरुबीच कस्तो सहमति भए ?

cpn uml second gen neta

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले हालका लागि पार्टी एकताको च्याप्टर बन्द भएको बताउनुभएको छ ।

हाल मध्यमार्गी पक्षमा रहेका नेता पाण्डेले माधव नेपाल समूहले अध्यादेश ल्याएर नयाँ पार्टी दर्ता गरिसकेको अवस्थामा हालका लागि एकताको विषय बन्द भएको बताउनुभयो । तर पार्टीभित्र एकताका लागि ढोका भने सधैं खुला रहने उहाँको भनाइ छ ।

सोमवार बालकोटमा अध्यक्ष ओलीसँग भएको छलफलमा १० बूँदे सहमति क्रमशः कार्यान्वयन गर्नेबारे सहमति भएको उहाँले जानकारी दिनुभयो ।

छलफलमा पार्टीका स्थानीय,जनवर्गीयसहितका सबै कमिटीहरु अपग्रेट गरि लैजाने, फागुन २३ पछि पार्टीले गरेका सबै निर्णयहरु रद्द गर्ने सहमति भएको पाण्डेले बताउनुभयो । यसबारेमा मंगलवार विहान बैठक बसेर कार्यविधि बनाउने उहाँको भनाइ छ ।

यस्तै १० प्रतिशत मनोनित गर्ने र निर्णयहरु कार्यान्वयनका लागि कार्यदल बनाउने विषयमा समेत अध्यक्ष ओली सहमत भएको उहाँले जानकारी दिनुभयो ।

अब हालै केन्द्रीय कमिटीले गरेका सांगठनिक प्रस्ताव, विधान संशोधन प्रस्ताव लगायतमा पनि रिसेड्युलिङ हुने उहाँले बताउनुभयो । अधिवेशन, महाधिवेशन सबैको मिति परिवर्तन हुनसक्ने नेता पाण्डेको भनाइ छ । पार्टीलाई जेठ २ बाट चलाउने विषयमा सहमति भएको उहाँले बताउनुभयो ।

तर आफूहरुले पार्टी एकताका लागि झण्डै २ महिना समय खर्च गरेको बताउदै नेता पाण्डेले एकता भने बचाउन नसकेको स्वीकार गर्नुभयो । माधव पक्षले नयाँ पार्टी दर्ता प्रक्रियामा लगेसँगै एकताको वहसको पनि अन्त्य भएको उहाँको जिकिर छ ।

तर आज मंगलवार बस्ने स्थायी कमिटी बैठकले पनि पार्टी दर्ता प्रक्रिया स्थगित गर्न र पार्टी एकताका लागि औपचारिक रुपमा आह्वान गर्ने योजना रहेको पनि पाण्डेले बताउनुभयो ।