४ बैशाख २०८१, मंगलवार

ब्यङ्ग्य गर्दै गाेकूल बाँस्काेटाले भने, भो आफू त गहतकै झोल खाईन्छ

gokul baskota
फाइल फोटो

नेकपा एमालेका नेता गोकूल बाँस्कोटाले बाक्लो दाल खान आफूलाई बाक्लो दाल खान नबोलाएको भन्दै गहतकै झोलमा चित्त बुझाउने बताएका छन् ।

प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव नेपालले आफू निकट केन्द्रीय सदस्यहरुलाई चन्द्रागिरी लगेर राखेको प्रति बाक्लो दाल खान गएका भन्दै ब्यङ्ग्य गर्दै सोमबार राति सामाजिक सञ्जालमा उनले यस्तो बताएका हुन् ।

उनले आफूलाई चन्द्रागिरी जान मन लागेको तर निम्तो नपाएको पनि बताएका छन् । उनले भनेका छन्, “कस्ता हांडीघोप्टे रेछन बाक्लो दाल खाँदा पनि लुकेर खाने ।” उनले किड्नी राम्रो गर्छ भन्दै आफू गहतकै झोलले चित्त बुझाउने ब्यङ्ग्य गरेका हुन् ।

Capture 8