१६ चैत्र २०८०, शुक्रबार

नयाँ पार्टी गठन गरेपछि पनि एकता प्रक्रिया चलिरहन्छः नेपाल

madhav

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नयाँ पार्टी गठन गरे पनि एकताको प्रक्रिया खुला रहने बताएका छन्।

काठमाडौंको चन्द्रागिरीमा आफू समर्थित सांसद र केन्द्रीय सदस्यको भेलामा नेपालले पार्टी दर्ता प्रक्रियामा गएकाले स्वतः दर्ता हुने र एकताको प्रक्रिया समेत चलिरहने बताए।

उनले कार्यदलमा रहेका नेताले अझै पनि केपी ओलीलाई चिन्न नसकेको बताए। १० बुँदे सम्झौता कार्यान्वयन गर्छु भने पनि त्यसका लागि ओली तयार नहुने उनको भनाई थियो।

‘कार्यदलको सम्झौता केपी आफैंले मान्नुहुन्न। अर्को कुरा हामीले पनि १० बुँदेलाई स्वीकारेको छैन। यसमा हाम्रो असहमति कायमै छ,’ नेपालको भनाई उदृत गर्दै सांसद पार्वती बिशुन्खेले भनिन्, ‘अहिले पनि तपाईहरुले (कार्यदलमा रहेका नेताहरू) उहाँलाई चिन्नुभएको छैन भने फेरि एकपटक चिन्ने प्रयास गर्नुहोस्। हाम्रो एकता प्रक्रिया फेरि पनि चल्छ।’