१२ बैशाख २०८१, बुधबार

ओलीको धम्कीपूर्ण अभिव्यक्तिप्रति सत्तारुढ गठबन्धनको आपत्ति

kp oli agni sapkota new

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै सत्तारुढ गठबन्धनले आपत्ति जनाएको छ ।

सत्ता गठबन्धनका नेताहरुले सोमवार संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै सभामुख विरुद्ध ओलीले धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो ।

सभामुख व्यवस्थापिकाको प्रमुखका साथै संघीय संसदको संरक्षक भएको भन्दै उनीहरुले सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध रहेको बताएका छन् ।

उनीहरुले संवैधानिक मर्यादा अवलम्बन गर्न समेत विपक्षी दलका नेता ओलीलाई आग्रह गरेका छन् । एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त नगरेकोमा आक्रोशित ओलीले सभामुखलाई संसद चलाउन मन छ कि छैन भन्दै प्रश्न गर्नु भएको थियो । उनीहरुले ओलीलाई यस्तो धम्कीपूर्ण अभिव्यत्ति नदिन आग्रह गरेका हुन् ।

नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले आज संयुक्त विज्ञप्ती जारी गर्दै आलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुुन् ।

https://www.youtube.com/watch?v=vnQDBLi7-Cw