११ बैशाख २०८१, मंगलवार

दुई नेपाली महिला दोहोरो नागरिकता लिएको आरोपमा भारतमा पक्राउ

arest 1

झापाको काँकडभिट्टा नाकाबाट भारत प्रवेश गरेका दुई नेपाली महिलालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ ।

दोहोरो नागरिकता लिएको आरोपमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ४१ बटालियनले उनीहरूलाई सीमावर्ती पानी ट्याङ्की नाकाबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पक्राउ पर्नेमा प्रविणा लिम्बू र दीपा थलांग रहेका छन् ।

नेपालबाट गएका उनीहरूलाई भारतीय एसएसबीले चेकजाँच गर्दा नेपाली नागरिकताको प्रमाणपत्र र भारतीय पासपोर्ट बरामद गरेको बताइएको छ ।

नेपाल र भारत दुवै देशको नागरिक भएको प्रमाणपत्र फेला परेपछि एसएसबीले आवश्यक कारबाहीका लागि उनीहरूलाई खोरीबारी थानालाई जिम्मा लगाएको छ ।

खोरीबारी थानाले महिलालाई आइतबार सिलीगुडी अदालतमा पेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले एसएसबीले पक्राउ गरेको महिलाको विषयमा आफूलाई कुनै जानकारी नआएकोले त्यस बारे आफूले बुझ्ने जानकारी दिनुभयो ।