१६ चैत्र २०८०, शुक्रबार

बोलायो एमालेले स्थायी कमिटी बैठक, तेस्रो धारका नेताहरु पनि सहभागी हुने

Uml New office 1024x538 1

नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठकमा माधवकुमार नेपालको पार्टीमा नगएका नेताहरु पनि सहभागी हुने प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

एमाले प्रवक्ता ज्ञवालीका अनुसार छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको र त्यसअनुसार नै भोलिको बैठक बोलाइएको हो । भोलिको बैठकबाट दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने सम्भावना छ ।

नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्मको अल्टिमेटम दिएका थिए । उनीहरु सोमबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् ।