७ बैशाख २०८१, शुक्रबार

सभामुखप्रतिकाे मर्यादा विपरितका अभिव्यक्ति लोकतान्त्रिक प्रणाली विरुद्ध

agni sapkota

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले भदौ ३ र ४ गते सिंहदरबारस्थित संघिय संसद सचिवालयको सभामुख अग्निप्रसाद सापकोटाकोकार्यकक्षमा सभामुखलाई लक्षित गरी मर्यादा विपरित अभिव्यक्तिहरु दिइएको भन्दै सत्तारुढ गठबन्धनका सांसदहरुले ध्यानाकर्षण गराउनुभएको छ ।

नेपालको संवैधानिक व्यवस्था अनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै संघीय संसदको संरक्षक पनि हो । सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध हुन् ।

संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सासदहरुको दायित्व हो । अतः सम्माननीय सभामुखज्यू विरुद्ध दिइएका धम्किपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न हार्दिक आग्रह गर्दछौं, सोमबार जारी संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।

नेपाली काँग्रेसका सचेतक पुष्पा भुषाल, नेकपा माओवादी केन्द्रका सचेतक देवप्रसाद गुरुङ, जनता समाजवादी पार्टीका प्रतिनिधि प्रदीप यादव, राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता दुर्गा पौडेल र सांसद जीवनराम श्रेष्ठको संयुक्त हस्ताक्षर सहित वक्तव्य जारी गरिएको छ ।