१३ बैशाख २०८१, बिहीबार

कतिबेला दीपालाई मेरो साथि बनाएर पठाएछन् पत्तै भएन : दीपकराज गिरी

Deepa Shree Niraula Deepak Raj Giri Wedding Photo

लोकप्रिय अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले आज सोमबार आफ्नो जन्मदिन मनाउँदै छिन् । अभिनयमा अब्बल अभिनेत्री दीपालाई सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिने क्रम जारी छ ।

रिल लाइफका सहयात्री कलाकार, निर्देशक तथा निर्माता दीपकराज गिरीले दीपाश्रीको जन्मदिनमा बिहानै सामाजिक मिठा शब्दहरु प्रस्तुत गरी सञ्जालमार्फत शुभकामना ब्यक्त गरेका छन् । उनले दीपालाई शुभकामना दिँदै धेरै अगाडिको कुरा समेत खोलेका छन् ।

गिरीले सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस पोष्ट गर्दै दीपासँगको ३० वर्ष अगाडिका कुरा खोलेका हुन् । उनले आफुसंगको यात्रा स्मरण गर्दै दीपा आफनो सबैभन्दा खास साथी भएको र सबैभन्दा माथि रहेको उनले लेखेका छन् ।

हास्य क्षेत्र र फिल्म क्षेत्रलाई निरन्तरता दिदैँ आएकी दीपालाई आगामी दिनहरुमा अझै पनि सफलता मिलोस जन्म दिनको शुभकामना ।

Capture 15