१४ बैशाख २०८१, शुक्रबार

तस्वीरमा हेर्नुहोस् यस्तो रह्यो कलाकारहरुको भाइटीका

ka

आज तिहारको अन्तिम दिन, भाईटिका । भाईटिकाको अवसर पारेर नेपाली फिल्मका थुप्रै सेलिब्रिटीहरुले टिका लगाएका छन् । आफ्ना दाजुभाई तथा दिदीबहिनीसँग टिका लगाउने र टिका लगाइदिने गर्दै उनीहरुले भाईटिका धुमधामसँग मनाएका हुन् । नायक अनमोल केसीले आफ्नी काकाकी छोरी प्रिन्सु केसीसँग सिनामंगलमा टिका लगाए । अनमोलकी दिदी काजोल अमेरिकामा छिन् भने अर्की बहिनी रुबि अष्ट्रेलियामा रहेकाले अनमोलले प्रिन्सुसँग मात्र टिका लगाएका हुन् ।

नायिका पूजा शर्माले अभिषेक श्रेष्ठलाई टिका लगाइदिइन् । अभिषेकलाई भाई बनाएर पूजाले टिका लगाउँदै आएको ४ बर्ष भयो । कैलालीमा घर भएपनि नायक पुष्प खड्काले आफ्ना दिदीबहिनीसँग काठमाडौंमा नै टिका लगाएका छन् ।

नायिका केकी अधिकारीको बिहे पछिको पहिलो भाइटिका रमाइलो भएको वुझ्न सकिन्छ । यस्तै, नायिकाहरु वर्षा राउत, वर्षा सिवाकोटी, अनु शाह लगायतले पनि आफ्ना दाजुभाइलाई टिका लगाइदिएका छन् । निर्देशक दीपाश्री निरौलाले विराटनगर पुगेर आफ्ना दाजुभाईलाई टिका लगाइदिइन् । यस्तै, कलाकार दीपकराज गिरीले पनि आफ्ना दिदीबहिनीसँग टिका लगाएका छन् ।

नेपाली फिल्मका चर्चित कलाकारहरुको भाइटिकाका तस्वीर हामीले सामाजिक संजालबाट यहाँ प्रस्तुत गरेका छौं ।

312990329 801649694616247 5958477079232076855 n
barsha raut vai tika
barsha siwakoti vai tika
deepashree niraula vai tika
sam shah
anmol kc vai tika
puja and avisek
anu shah vai tika
deepakraj giri vai tika
deepashree niraula vai tika 1
keki adhikari vai tika
neeta dhungana vai tika
ramesh upreti vai tika
namrata sapkota vai tika
surabina karki vai tika
kedar ghimire
rekha thapa