१३ बैशाख २०८१, बिहीबार

‘छड्के २’को गीत रेकर्ड

Chhadke 2 Song e1673447807650

आगामी फागुन १९ गतेबाट रिलिज हुने प्रतिक्षित फिल्म ‘छड्के २’को एक गीतमा चर्चित र्यापर भिटेनले स्वर भरेका छन् । बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको फिल्मको गीतमा भिटेनले स्वर भरेका हुन् ।

यो गीतको शब्द रचना तथा संगीत पनि भिटेन स्वयंमले तयार पारेका हुन् । कथा सुहाउँदो भएकै कारण आफुहरुले भिटेनको गीत फिल्ममा समावेश गरेको निर्माता प्रशान्त गिरीले बताए । अनमोल केसीको मुख्य भुमिका रहेको फिल्मको पोस्टर सार्वजनिक भएसँगै चर्चाको शिखरमा छ ।

ग्याङस्टर जनरामा निर्माण भएको फिल्ममा अनमोलको भिन्न लूक्स देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् । फिल्मको चितवन र मुस्ताङमा छायांकन गरिएको छ ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका फिल्मको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । ‘छड्के २’ रिभेन्ज ग्याङस्टर फिल्म हो ।