१६ चैत्र २०८०, शुक्रबार

एसईई स्थगित, चैत ६ गतेको त्रिविका परीक्षा यथावत, चैत्र ७ गते पछिका सुचना जारी हुने

Corona Virus minitry meeting

यस वर्ष चैत्र ६ गते देखी शुरु हुने एसईई परीक्षा व्यापक दबाबपछि स्थगित भएको छ। परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ।

यस अघी त्रिविका परीक्षा स्थगन को समाचार आए पनि ढिलो गरी जारी भएको विज्ञप्तीमा त्रिभुवन विश्वविद्यालयले चैत ६ गतेको परीक्षा यथावत रुपमा सञ्चालन हुने जनाएको छ । बुधबार साँझ एक सूचना जारी गर्दै त्रिविले सो कुराको जानकारी दिएको हो ।

त्रिभुवन विश्वविद्यालयले जनाए अनुसार विश्वविद्यालयबाट सञ्चालन भइरहेका परीक्षाहरु २०७६ चैत्र ६ गतेका दिन यथावत सञ्चालन हुने छ भने कोभिड १९ को संक्रमणलाई मध्यनजर गरी क्याम्पस÷कलेजका कक्षा सञ्चालन एवं २०७६ चैत्र ७ गते पछिका परीक्षाहरु सञ्चालन सम्बन्धमा त्रिभुवन विश्वविद्यालयबाट २०७६ चैत्र ६ गते सूचना प्रकाशन गरिनेछ ।

त्रिभुवन विश्वविद्यालयको चैत ६ गते हुने परीक्षा यथावत

TU notice

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले चैत ६ देखि शुरु भई १७ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइसकेको थियो । बिहीबार बिहानदेखि हुने परीक्षा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको थियो । परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुँदै थिए भने देशभर एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।

परीक्षामा प्राविधिक धारतर्फ नौ हजार ५०९ परीक्षार्थी सहभागी हुँदै थिए भने कूल परीक्षार्थीमा ग्रेड वृद्धितर्फ १६ हजार २४२ र प्राविधिकतर्फ १३९ परीक्षार्थी सहभागी हुँदै थिए। कूल ८६ वटा विषयमा हुने परीक्षामा करीब ५१ लाख सेट प्रश्नपत्र छपाइ गरी जिल्ला–जिल्ला पठाइसकिएको थियो ।

बुधबार कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्‍वविद्यालयसहित बाल विकास केन्द्र,आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्‍वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो।

विद्यालय र विश्वविद्यालयका पठनपाठनसहित परीक्षा स्थगित कहिलेसम्म गर्ने भन्ने विषयमा केहीबेरमा बस्ने परीक्षा बोर्डको बैठकले गर्नेछ ।

यस सम्वन्धमा आउने थप समाचार यसै पेजमा अध्यावधिक गर्नेछौ ।