१६ बैशाख २०८१, आईतवार

एसईईका प्रश्नपत्र प्रतिकेजी साढे १७ रूपियाँका दरले बिक्री

see1657157631

गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र प्रतिकेजी साढे १७ रूपियाँका दरले बिक्री गरिएको छ ।

कोभिड–१९को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले बिक्री गरेको छ ।

बढाबढ टेन्डर प्रक्रिया गर्दा विराटनगरको अरविन्द पल्पएन्ड पेपर मिल्सले ती प्रश्नपत्र खरिदको जिम्मा पाएको छ । पुराना प्रश्नपत्र अभ्यासका लागि विद्यार्थीलाई उपलब्ध गराइनुपर्ने चाहना शिक्षकहरूले गर्दै आएका थिए ।

परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले पुराना प्रश्नपत्र विद्यार्थीलाई वितरण गर्न त्यति सहज नहुने भएकाले बिक्री गरिएको बताउनुभयो। ती प्रश्नपत्र करिब २० करोड रुपियाँ खर्च गरेर जनक शिक्षा सामग्री केन्द्रमा छपाइएको थियो ।

उहाँका अनुसार करिब तीन ट्रक प्रश्नपत्र छन् । सो कागज कारखानाले धरौटी रकम बुझाएको छ भने तौल लिइसकेपछि मात्र सकारे बमोजिम प्रतिकेजीका दरले रकम राजस्व दाखिला गर्ने छ ।