७ बैशाख २०८१, शुक्रबार

कोरोनाले सीमा नाका बन्द, मेची पुलमा बसेर यसरी बाँधे राखी

j

नेपाल–भारत झापास्थित सीमा वारिपारि बस्ने दाजुबहिनीले सुरक्षाकर्मीको समन्वयमा राखी बाँधेका छन् ।

गत वर्ष कोरोना महामारीका कारण लकडाउन हुँदा सीमा नाका बन्द थिए । जसका कारण सीमा वारिपारि बस्ने दाजुबहिनीले राखीको खुसियाली मनाउन पाएनन् । यसपटक भने भद्रपुरमा रहेको नेपाल–भारत जोड्ने मेची पुलमा नेपाल प्रहरी र भारतीय सुरक्षाकर्मीले राखीका लागि समन्वय गरिदिए ।

यसपटक सुरक्षाकर्मीले सामाजिक दूरी कायम गरेर राखी बाँध्न समन्वय गरिदिएपछि एकअर्कालाई भेट्न र राखी बाँध्न आएका दाजुबहिनी निकै खुसी भएर फर्किएका छन् ।

राखी बाँधिसकेपछि प्रहरीले नाका पुनः बन्द गरेको छ ।