१४ बैशाख २०८१, शुक्रबार

म एमालेमै छु : वामदेव गौतम

bamdev gautam
फाइल फोटो

नेता वामदेव गौतम एमालेमै रहेको उनको सचिवालयले प्रस्ट्याएको छ । एमाले उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गइसकेको प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै सचिवालयले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आपत्ति जनाएको छ । उनले आइतबार वक्तव्य जारी गरेर आफू हालका लागि नेकपा एमालेमै रहेको उल्लेख गरेका हुन्।

पार्टी भित्र लामो समयदेखि विवाद तथा अन्तरसंघर्ष जारी रहेको र त्यसको समाधानका लागि प्रयास गरिएको अवस्थामा तत्कालका लागि आफू एमालेमै रहेको बताएका हुन्।

गौतमको सचिवालयले आइतबार वक्तव्य जारी गरेर भनेको छ, ‘केही दिन देखि विभिन्न सञ्चारमाध्यममा वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दैहुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन।’

वक्तव्यमा अघि भनिएको छ, ‘क वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) नेतृत्वको कार्याशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो। तसर्थ अन्य खाले प्रचार प्रसार मा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु।’ गत साता मात्रै गौतमले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठन गर्न लागेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो समर्थन रहने जनाएका थिए । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएपछि गौतमले स्थायी कमिटी बैठक बहिष्कार गरेका थिए ।