६ कार्तिक २०७८, शनिबार

अवैध रुपमा मिर्गौला पीडितको नाउँमा ठगी गर्ने ३ जना पक्राउ

chanda

पोखरामा अवैध रुपमा चन्दा असुली गर्नेहरूलाई पक्राउ परेका छन् ।

पोखराको न्यू हाइवे स्टाफ होटेल एन्ड लजबाट अवैध रुपमा चन्दा सङ्कलन गरेको अभियोगमा कास्की प्रहरीले ३ जनालाई आज पक्राउ गरेको छ ।

उनीहरूले ‘युनिक स्वयंसेवक नेपाल’ केन्द्रिय कार्यालय संस्था धरान सुनसरी नामको संस्था दर्ता गरी विभिन्न १२ जना बिरामीको नाउँमा चितवन, तनहुँ, दैलेख, सुनसरी, रुपन्देही, नवलपरासी, कास्की, पाल्पा, स्याङ्जा लगायतका जिल्लाहरूमा बिना अनुमति चन्दा सङ्कलन गरेको खुलेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले बताउनुभयो ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–१ बस्ने ३४ वर्षीया एलिजा बस्नेत, वर्ष ३२ को टेक बहादुर बस्नेत र हल्दोबारी गाउँपालिका १ बस्ने वर्ष ४४ का धन बहादुर सेन्चुरी रहेका छन् । उनीहरूको साथबाट प्रहरीले नगद ४ लाख ६ हजार ४ सय ६ रुपैयाँ बरामद गरेको छ ।

हमालका अनुसार उनीहरूले चन्दा सङ्कलनकै लागि भनेर १० वटा अटो ट्याम्पो भाडामा लिएर देशका प्रमुख सहरमा मिर्गौला पीडितको नाउँमा चन्दा सङ्कलन गर्ने गरेका थिए।

पक्राउ परेका उनीहरूबाट प्रहरीले चन्दा उठाउन प्रयोग भएका रसिद, पर्चा तथा चार लाख छ हजार चार सय छ रुपैयाँ बरामद गरेको छ।

उनीहरू विरुद्ध विरुद्ध चन्दा ऐन २०३० अन्तर्गत सम्मानित कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिनुभयो ।