१४ बैशाख २०८१, शुक्रबार

‘कम्युनिष्ट पार्टीलाई बदनाम र समाप्त गर्न खोजेपछि नयाँ पार्टी दर्ता गरेका हौँ’: माधव नेपाल

madhav

नेकपा एमाले पार्टी विभाजन गरेर नयाँ पार्टी दर्ता प्रकृयामा रहेको वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुले नेपालमा कम्युनिष्ट पार्टी सिध्याउन खोजेपनि विद्रोह गरे नयाँ पार्टी दर्ता गर्नु परेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेका छौं ।

नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलन मार्फत चाहेको सँस्कृति एवम समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ ।’

उनले सबैसँग आफूले दर्ता गरेको नयाँ पार्टीको निर्माणको लागि सहयोगसमेत मागेका छन् । उनले सबै सबै साथीहरुलाई सम्मान जनक रुपमा मिलाएर लनो पनि प्रतिवद्धता गरेका छन् ।

उनले भनेको छन्, ‘हाललाई हामीले साविक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहनुभएका र विद्रोहको पक्षमा हस्ताक्षर गर्नुभएका कमरेडहरु, २०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला हाम्रो तर्फबाट थपिनुभएका कमरेडहरु, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका कमरेडहरु, संघीय संसदका सांसद कमरेडहरु एवम् वैधानिक प्रावधान अनुसार पु¥याउनु पर्ने महिला कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका छौँ ।’

हाम्रो दर्ता प्रक्रिया बैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय भेला–सम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी एवम् योग्य कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने उनले बताएको छ ।

Capture 6