७ बैशाख २०८१, शुक्रबार

म विभाजनको पक्षमा छैन्, अझै एकताको प्रयास गर्छु: भीम रावल

BHIM RAWAL 12 20210330182219
फाइल फोटो

नेकपा एमाले का उपाध्यक्ष भीमबहादुर रावलले पार्टी एकताको लागि आफू अझै पहल गर्ने बताएका छन् ।

पार्टी एकताको विकल्प नभएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिईएको नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच सहमति कायम गराउनेगरि आफूले छलफल थालेको स्पष्ट पारेका छन् ।

उनले पार्टी विभाजनको पक्षमा नरहेको जिकिर गरे । उनले भने,‘ म अझैपनि पार्टी एकताको पक्षमा छु । दुई-चार दिन यसको लागि काम गर्छु । तर, म विभाजनको पक्षमा छैन् ।’ हिजोमात्रै माधव नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) दल दर्ताको लागि निवेदन दिईएको छ ।

उक्त दलमा साविक नेकपा एमाले का ५८ जना केन्द्रीय सदस्य छन् । नेपाल नेतृत्वका दलमा ९५ सदस्यीय केन्द्रीय कमिटी बनाईएको छ ।