१४ बैशाख २०८१, शुक्रबार

महान ठान्ने हाम्रो नागरिक समाज ‘विडम्वना’: कमल थापा

kamal
फाइल फोटो

राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर आफ्नो असन्तुष्टि पोखेका छन् ।

सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको दाहालले बचाउ गरेका थिए । दाहालले काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यादेश लोकतन्त्र, संविधान र व्यवस्था बलियो बनाउन ल्याईएको जिकिर गरेका थिए ।

अध्यक्ष थापाले भने दाहालको उक्त अभिव्यक्तिप्रति असन्तुष्टि पोखेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्-“हामीले मान्छे मारेको लोकतन्त्र ल्याउन,हाम्रो अध्यादेश लोकतन्त्र बलियो बनाउन,एमाले र जसपा फुटाएको संविधान जोगाउन।हाम्रा विरोधी प्रतिगामी र दलाल हुन्,लडाकु भत्ता भ्रष्टाचारको हिसाब माग्ने शान्ति सम्झौता विरोधी हुन्” यस्ता मान्यता राख्नेलाई महान ठान्ने हाम्रो नागरिक समाज! विडम्वना!”