१२ बैशाख २०८१, बुधबार

(भिडियो सहित) घानीले भने, ‘म भागेको हैन’

ghani 1

तालिबानीले शत्ता कब्जा गरपछि देश छोडेर भागेका अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आफू देश छाडेर नभागेको बताएका छन् । संयुक्त अरब एमिरेट्स(यूएई)मा शरण लिएर बसेका घानीले एक भिडियो सन्देश मार्फत यस्तो बताएको हो ।

गत आइतबार तालिबानीहरुले राजधानी काबुल बब्जा गरेपछि उनी देश छाडेर भागेका थिए । बुधबार जारी गरेको एउटा भिडियो सन्देशमा उनले आफू देशबाट नभागेको बरु आफूले ठूलो दुर्घटना र रक्तपातबाट देशलाई बचाएको दाबी गरेका छन् । भिडियो सन्देशमा उनले भनेका छन्,‘रक्तपात र अराजकतालाई रोक्न सकियोस् भनेर अहिलेका लागि म एमिरेट्समा छु ।’

उनले अहिले आफू अफगानिस्तान फर्कने बारेमा छलफल गरिरहेको बताए । फेसबुक मार्फत सम्बोधन गरेका उनले देश छाड्ने क्रममा ठूलो मात्रामा रकम लिएर गएको भन्ने हल्ला गलत भएको बताए । उनले त्यो हल्ला पुर्ण रुपमा आधारहीन र तथ्यहीन झुट भएको बताए ।

घानी र उनको परिवारलाई मानवीयताका आधारमा स्वागत गरिएको यूएईको विदेश मन्त्रालयले जनाएको छ ।