६ बैशाख २०८१, बिहीबार

‘सत्ता सङ्घर्षले काबुल अर्को सिरिया वा यमनमा नबदलियोस् चिताएर निस्किएँ’

ghani 2

अफगान राष्ट्रपति अशरफ घानीले काबुललाई रक्तपात हुनबाट जोगाउन आफू निस्किएको स्पष्टोक्ति दिनुभएको छ । उहाँले आफू काबुलबाट बाहिरिँदा ठूलो मात्रामा रुपियाँ बोकेर निस्केको आरोपसमेत खारेज गर्नुभएको छ ।

यूनाइटेड अरब एमिरेट्स(यूएई)मा निर्र्वासनमा रहनुभएका घानीले बहिर्गमनपछि पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो । पूर्बमन्त्रीहरुले तालिबानले काबुल प्रवेश गर्दा अचानक छोडेर गएकोमा उहाँको तीव्र आलोचना गर्दै आएका छन् । “म बसेको भए काबुल रक्तपातमा बदलिएको साक्षी हुन्थे ।”–बताउनुहुँदै उहाँले फेसबुकमा साझा गर्नुभएको भिडियो सन्देशमा आफू सरकारी अधिकारीहरुको सल्लाहमा निस्केको प्रष्ट्याउनुभएको छ ।

“सत्ता सङ्घर्षमा काबुल अर्को यमन वा सिरियामा परिणत हुनुहुन्न ठानेर आफू निस्किन बाध्य भएँ ।” उहाँले आफू दशौं लाख अमेरिकी डलर लिएर निस्केको आरोपको समेत खण्डन गर्नुभएको छ । “रिसिबि साध्नेहरु मैले थुप्रै पैसा बोकेर निस्केको आरोप लगाएका छन् तर म मात्र बाहिरी कोट र केही थान कपडा लिएर निस्केको हुँ ।” – बताउनुहुँदै उहाँले आफूले बोकेको सामानबारे भन्सारबाट सोधपूछ गर्न सकिने थप्नुभयो ।

यसअघि बुधबार नै यूएईको एक मन्त्रालयले घानीलाई मानवीयताको धरातलमा आयोजना गरेको खुलाएको थियो । ताजिकिस्तानका लागि अफगान राजदूतले घानीले १६ करोड ९० लाख अमेरिकी डलर लिएर निस्केको आरोप लगाउँदै अन्तर्राष्ट्रिय प्रहरीलाई गिरफ्तार गर्न आग्रह गरेको थियो ।

राजदूत मोहम्मद जहिरले घानीले एक पत्रकार सम्मेलनको आयोजना गरी घानीले १६ करोड ९० लाख अमेरिकी डलर चोरेको आरोप लगाउनुभएको थियो ।