१४ बैशाख २०८१, शुक्रबार

धरानमा भदौ ४ गतेदेखि कडा लकडाउन, औषधि पसलबाहेक सबै सेवा बन्द

Dharan bazar 2

धरानमा भदौ ४ गतेदेखि कडा लकडाउन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार कोरोना संक्रमणको गती तीव्र भएपछि कडा लकडाउन गर्न लागिएको हो ।

लकडाउन भदौ ४ देखि दश दिनका लागि हुने प्रशासन कार्यालयले जनाएको छ । लकडाउन अवधिभर औषधि पसलबाहेक अरू सबै क्षेत्र बन्द गरिने प्रशासनले निर्णय गरेको छ ।

कार्यपालिकाले लकडाउन गर्न जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भदौ ४ देखि १३ गतेसम्म लकडाउन गर्न आदेश जारी गर्नुभएको हो । यस अवधिमा सर्वसाधारणको हिँडडुल र आवतजावतलाई पूर्ण रूपमा रोक लगाइने आदेशमा भनिएको छ ।