११ बैशाख २०८१, मंगलवार

यस्तो शर्तसहित भूतपूर्व गोर्खा सैनिकद्वारा अनशन स्थगित गर्न अस्वीकार

gurkha sainik anasan

भूतपूर्व गोर्खा सैनिकले बेलायतले नेपालसँग मिति तोकेर मन्त्रीस्तरीय वार्ता गर्ने लिखित प्रतिबद्धता नजानएसम्म आमरण अनशन नतोड्ने अडान राखेका छन ।

नेपाल सरकारले लण्डनमा आमरणमा बसेका भूतपूर्व गोर्खा सैनिकलाई आन्दोलन फिर्ता लिन आग्रह गरेपनि अस्वीकार गरेका हुन् ।

बेलायतले नेपालसँग उच्चस्तरीय वार्ताका लागि नेपाललाई पत्रचार गर्नुपर्ने र त्यसको जानकारी नेपालले आफूहरुलाई दिए मात्रै अनशन तोड्ने आमरण अनशनरत ज्ञानराज राईले बताउनुभयो ।

राईले नेपालले सम्बन्ध बिग्रेला भनेर नबोल्दा र बेलायत वार्ताबाट भाग्दा समस्या समाधान हुन नसकेको बताउनुभयो ।

आफूहरूविरुद्ध भेदभाव गरिएको भन्दै समानताको माग सहित ज्ञानराज राई, पुष्पा घले र धनबहादुर गुरुङ बेलायती प्रधानमन्त्री कार्यालयको नजिकै आमरण अनशन बस्नुभएको छ । बेलायती सैनिक सरह सबै सेवा सुविधा पाउनुपर्ने भूतपूर्व गोर्खा सैनिकको गुनासो छ ।