८ बैशाख २०८१, शनिबार

नेपाल छाड्नेले पाए मुख्यमन्त्री र मन्त्री

611d2c84379fb shakaya

माधवकुमार नेपालको साथ छाड्ने नेताहरुले बाग्मती प्रदेशमा महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।

माधव नेपालले पार्टी फुटाएर नयाँ दर्ता गरेपछि उनले नेपाल समूह त्यागेका थिए । मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । उनी विगतमा माधव नेपाल समूहमा थिइन् ।

डोरमणी पौडेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले बहुमत प्राप्त पार्टीको संसदीय दलका नेताका रुपमा शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आफ्नो सपथ ग्रहण लगत्तै मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त गरेकी छन् । उनले केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्री तथा कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गरेकी हुन् ।

सामाजिक विकास मन्त्री नियुक्त भएका खनाल माधव नेपाल समुहका थिए । उनलाई नेपालको नेतृत्वमा गठित एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्यमा समेत राखिएको छ । तर खनालले आफू नयाँ पार्टीमा नरहेको स्पष्टीकरण दिएका छन् ।