११ बैशाख २०८१, मंगलवार

लामो विवाद र रस्साकस्सीपछि फुट्यो एमाले : नेकपा (एमाले-समाजवादी) गठन, माधवकुमार नेपाल अध्यक्ष

new party 768x468 1

लामो विवाद र रस्साकस्सीपछि नेकपा एमाले औपचारिक रुपमै विभाजन भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको अध्यक्षतामा नेकपा एमाले समाजवादी गठन भएको हो ।

दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश आएलगत्तै नेकपा एमालेको नेपाल– खनाल समूह एमालेबाट अलग भएको हो । नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

नेकपा एमाले फूटाउने गरी अध्यादेश आउने बित्तिकै त्यसको परिणाम देखियो । शीतल निवासबाट राष्ट्रपतिले अध्यादेश जारी गरेर राजपत्रमा प्रकाशित हुने बित्तिकै माधवकुमार नेपालको अगुवाईमा एमाले फुट्यो । अध्यादेशमार्फत विभाजनको मौका कुरेर बसेको एमालेको नेपाल–खनाल समूह निर्वाचन आयोग गयो । र नयाँ दल दर्ता गर्यो । नयाँ दलमा एमालेका ५८ जना केन्द्रीय सदस्य र ३१ जना संघीय सासद आवद्ध भएका छन ।

नेकपा एमाले समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल र झलनाथ खनाल वरिष्ठ नेता हुनुहुन्छ । ९५ सदस्यीय केन्द्रीय कमिटीमा अरु सबैको हैसियत केन्द्रीय सदस्य छ । अरु पदाधिकारी पछि चयन गरिनेछ ।

विभाजन नहुँदै समानान्तर गतिविधि गर्दै आएको यो समूहले छिटै राष्ट्रिय भेला गर्ने र आगामी योजना बनाउने निर्णय पनि गरेको छ । अर्थात संगठन विस्तार गर्ने गरी सक्रिय हुने उसको तयारी छ । फुटेर नयाँ दल बनेपनि अपेक्षा भने अरु सित एकताको पनि यो दलले राखेको छ ।

केन्द्रीय समिति वा ससदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न पाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउन लगाएर संसदमा अस्तित्व कायम हुने गरी फूटेको यो पार्टीले विभाजनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दोषी देखेको छ । तर ओली बाहेक अरुले नेतृत्व गर्ने अवस्था आए एकताको ढोका यो समूहले खुला राखेको छ ।

अध्यक्ष केपी शर्मा ओलीलाई दोष दिएपनि नेपाल खनाल समूह सग्लो रहन सकेन । नयाँ दल गठनमा पहिले साथ दिएका नेता सहमत भएनन । भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई भीम आचार्य र रघुजी पन्त लगायतका दोस्रो तहका नेता नेकपा एमाले समाजवादीमा गएनन ।

उनीहरुले फूटलाइ गलत भनेका छन । आप्नो समूह एक रहन नसकेको नेता राजेन्द्र पाण्डेल स्वीकार गर्नुभयो । साथमा नआएकालाई अलमलिएकाहरु भन्दै नेकपा एमाले समाजवादीलाई पार्टीमा आउन आग्रह गरेको छ ।

स्थायी कमिटीका मुकुन्द, न्यौपाने र बेदुराम भुसाल मात्रै यो दलमा हुनुुहुन्छ । वामदेव गौतमले साथ दिने उसको विश्वास छ । प्रदीप नेपाललाई पनि नयाँ दलमा राखिएको छ ।