११ बैशाख २०८१, मंगलवार

अध्यादेश आएसँगै जसपा पनि विभाजित, जसपा लोकतान्त्रिक निर्वाचन आयोगमा दर्ता

new jasapa

राजनीतिक दलसम्बन्धी अध्यादेश आएलगत्तै आज जनता समाजवादी पार्टी पनि फुटेको छ ।

उपेन्द्र यादवले आधिकारिकता पाएपछि दलविहीन अवस्थामा पुगेको महन्थ ठाकुर पक्षले पनि निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको छ । जसपाबाट विभाजित भएर जसपा नेपाल लोकतान्त्रिक दर्ताको प्रक्रियामा गएको छ ।

महन्थ ठाकुर पक्षले ठाकुरको अध्यक्षमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति गठन गरिएको छ । ठाकुर अध्यक्ष रहेको समितिमा राजेन्द्र महतो वरिष्ठ नेता हुनुहुन्छ भने अरुलाई कार्यकारिणी सदस्य बनाइएको छ ।

दल दर्ताको निवेदन दिएपछि वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पक्षमा १५ सांसद रहेको दावी गर्नुभयो ।

ठाकुरको पक्षमा जसपाका प्रतिनिधिसभाका ३२ मध्ये १२ सांसद उभिए पनि यो समूहले १५ जना रहेको दावी गरेको छ ।अध्यादेशले आफूहरुलाई फाइदा पुगेको महतोले प्रतिक्रिया दिनुभयो ।

साविक जसपाका १६ जनासहित अरु नयाँ थपेर कार्यकारिणी समितिलाई आयोगमा पेस गरिएको छ । सदस्य सूचीमा थुनामा रहेका रेशमलाल चौधरीलाई पनि राखिएको छ ।