१५ चैत्र २०८०, बिहीबार

अर्को नयाँ दल दर्ता गरेर जनतामा जानेः माधव नेपाल

madhav nepal

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली एकताका लागि इमान्दार नभएका कारण अब अर्को पार्टी दर्ता गरिने बताउनुभएको छ ।

बानेश्वरमा सांसद तथा केन्द्रीय सदस्यको भेलामा वरिष्ठ नेता नेपालले अव छुट्टै पार्टी दर्ता गरेर अघि बढ्ने बताउनुभएको हो । केपी शर्मा ओली इमानदार नभएपछि एमालेमा बस्नु के अर्थ छ भन्दै उहाले अब नयाँ दलमार्फत जनतामा जाने बताउनुभएको थियो ।

छलफलपछि एमाले सांसद मेटमणी चौधरीले एमाले बिभाजन गर्ने कुरा टुङ्गो लागेको बताउनुभयो । २० प्रतिशत थ्रेसहोल्ड राखेर नयाँ पार्टी दर्ता गर्ने कानून आएलगतै दल दर्ता हुने उहाँको भनाई छ । उहाँले लोकतान्त्रिक पार्टीमा नयाँ दल दर्ता गर्ने अधिकार सबैलाई भएको र कसैले रोक्न नसक्ने धारणा राख्नुभयो ।