१४ बैशाख २०८१, शुक्रबार

नागढुङ्गा-नौविसे सडक खण्ड अवरुद्ध

pahiro 69

त्रिभुवन राजपथको नौविसे नागढुङ्गा सडक खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

नागढुङ्गा सिस्ने खोला सुरुङ्ग मार्ग निर्माणका क्रममा सडक फराकिलो पार्न डाँडा काट्दा खसेको पहिरोले सडक अबरुद्ध भएको हो ।

सडक अवरुद्ध भएका कारण काठमाडौं प्रवेशका लागी तराईलगाएत विभिन्न जिल्लाहरुबाट आएका सवारीका साधनहरु अलपत्र परेका छन ।

सडक खुलाउने प्रयास भई रहेको भएपनि पहिरो ठुलो भएकाले बाटो खुलाउन नसकिएको ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख रुपा थापाले जानकारी दिएकी छन ।

उनका अनुसार छिटोभन्दा छिटो बाटो खुलाउने प्रयास जारी रहेको छ ।