२२ मंसिर २०७८, बुधबार

एकैदिन थप ३२७४ जना संक्रमित, २७ जनाले ज्यान गुमाए

corona chain

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३२७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ३७ हजार २९४ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७६ हजार ८३३ जना पुगेको छ । संक्रमितमध्ये ६ लाख ८७ हजार ६९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ३५४ पुगेको छ । हाल देशभर ३९ हजार ८७१ जना सक्रिय संक्रमित रहेका छन् ।