१४ बैशाख २०८१, शुक्रबार

लागुऔषध तस्करी आरोपमा सर्लाहीबबाट एकजना पक्राउ

arest

सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागुऔषध लिएर हिडिरहेको अवस्थामा सर्लाहीबाट सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धनकौल गाउँपालिका–३, निवासी २६ वर्षीय जयकिशोर सिंह रहेका छन् । लागुऔषधसहित पक्राउ परेका सिंह धनकौल गाउँपालिकाका कार्यालय सहयोगी हुन् ।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गङ्गाराम श्रेष्ठका अनुसार सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प मनुष्माराबाट खटिएको टोलीले उनलाई ना १ ब २२१२ नम्बरको सरकारी मोटरसाइकलसहित पक्राउ गरेको हो । सिंहको साथबाट लागु औषध सय एमएलको कोडिवेल कफ सिरफ ३७१ बोतल बरामद भएको छ ।

अहिले उनलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ।