१४ बैशाख २०८१, शुक्रबार

‘हौवा हौ दर्शन नमस्ते’ भन्दै आए राजेशपायल राई (भिडियो सहित)

rajesh payal rai

राई इज किंगले परिचित चर्चित गायक राजेश पायल राईको स्वरमा रहेको हौवा हौ दर्शन नमस्ते’ बोलको गीत सार्वजनिक भएको छ । लिरिकल भिडियोसहित सार्वजनिक गरिएको गीतमा विकास सङ्गम राईको शब्द , विक्रम राईको सङ्गीत र देवेश राईको एरेन्ज रहेको छ ।

आफूले माया गरेकी मायालुको चर्चा गर्दै प्रेम भाव व्यक्त गरिएको छ । उक्त गीतलाई राजेश पायल राईको सुपरहिट एल्बम दर्शन नमस्तेको पाचौ भाग दर्शन नमस्ते ५ एल्बममा समावेश गरिने भएको छ ।

लिरिकल भिडियोलाई निकै मन पराइएको यस गीतले छोटो समयमा नै दर्शकहरूको मन मुटुमा बस्न सफल भएको छ । भने कतार लगायतको देशमा भिडियो युटुबको ट्रेन्डिङमा समेत रहेको छ ।

सोही एल्बममा समावेश गरिने देमसारो बोलको अर्को गीत पहिले नै चर्चित बनिसकेको छ ।

हौवा दर्शन नमस्ते गीतमा यस्ता शब्द छन्ः

आँखाको बाटो हुँदै मनमा आई बस्ने मायालुलाई
मिठो मिठो कुरा गर्दै मुटुमा पस्ने मायालुलाई

दर्शन नमस्ने हौवा हौ, दर्शन नमस्ते

छेउमा आइ बस्यौ, मायाले कस्यौ उम्किन सकेन यो मन
मिठो मिठो मिठो बोल्यौ, मनको कुरा खुल्यौ ढुकढुकी बढ्यो झन झन
पिरतीको गीत गाउदै अंगालोमा कस्ने मायालुलाई
मिठो मिठो कुरा गर्दै मुटुमा पस्ने मायालुलाई
दर्शन नमस्ते हौवा हौ दर्शन नमस्ते

दुख पिर भुली,मन पेट खोली,हाँसेर सङ्गै बाचौला
रुन दिन्न म,एक्लो हुन दिन्न म,मुटुमा सजाइ राखौला
मेरो दुखमा रुने मेरो खुसीमा हाँस्ने मायालुलाई
मिठो मिठो कुरा गर्दै मुटुमा पस्ने मायालुलाई
दर्शन नमस्ते हौवा हौ दर्शन नमस्ते

    सम्बन्धित समाचार...