१६ चैत्र २०८०, शुक्रबार

चितवनमा रातको समयमा तरबार बोकेर हिड्ने २ जना पक्राउ

ares

चितवनमा रातको समयमा तरबार बोकेर हिड्ने २ जना पक्राउ परेका छन । हिजो राती २२ः०० बजेको समयमा रत्ननगर नगरपालिका वडा नम्बर ११ सित्तल टोल स्थित सडकमा तरबार नचाउने उनिहरु पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा रत्ननगर नगरपालिका ११ सित्तल टोलका ३२ बर्षिय सरोज तामाङ,सोही ठाँउका २० बर्षिय समिर नेपाली पक्राउ परेका छन । उनिहरुको साथबाट धारिलो धार भएको तरबार १ थान बरामद गरिएको छ । उनिहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थपभई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।