१३ बैशाख २०८१, बिहीबार

राष्ट्रिय टिमबाट भरत, विक्रम र रन्जितससहित १० जना बाहिरिए

footbal team

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीबाट तेस्रो चरणको छनोटमा २८ खेलाडी छनोट गरेका छन् ।

राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षणबाट भरत खवाससहित १० खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को बन्द प्रशिक्षणमा रहेका ३८ खेलाडीबाट मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणमा २८ खेलाडी छनोट गरेका हुन् ।

पोखरा भ्रमणका लागि घोषणा गरिएको ३८ सदस्यीय टोलीबाट १० खेलाडी सोमबार बाहिरिएका हुन् । अनुभवी फरवार्ड भरत खवास, मिडफिल्डर विक्रम लामा र डिफेन्डर रञ्‍जित धिमाल साफ च्याम्पियनसिपको टोलीमा नहुने पक्का भएको छ । यस्तै फरवार्ड जर्जप्रिन्स कार्की, राजीव लोप्चन, संजोक राई, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, रन्दिप पौडेल र विशाल सुनार पनि टोलीबाट बाहिरिएका छन् ।

नेपाली टिम हाल पाेखरामा प्रशिक्षण गरिरहेकाे छ । नेपालले भारतसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० (सेप्टेम्बर २ र ५) गते मैत्रीपूर्ण खेल खेल्दैछ ।

साफ च्याम्पियनसिप अक्टोबर पहिलो साता माल्दिभ्समा हुने योजना रहेको छ । नेपालले उक्त प्रतियोगिताको तयारीका लागि भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । खेल भदौ १७ र २० गते दशरथ रंगशालामा हुनेछ । नेपाली टोली हाल दुई साता लामो प्रशिक्षण क्याम्पका लागि पोखरामा छ ।

हाल टोलीमा रहेका खेलाडीमध्य अर्पण कार्की, शिशिर लेखी र राजन गुरुङ पहिलो पटक सिनियर टोलीमा स्थान बनाउन प्रयासरत छन् । यी तीनसँगै गोलरक्षक विशाल श्रेष्ठ, दीप कार्की र अर्पण कार्कीले भने राष्ट्रिय टोलीबाट डेब्यु गरेका छैनन् । बाँकी सबै खेलाडीले सिनियर टोलीको अनुभव बोकिसकेका छन् ।

दोस्रो चरणमा छनोटमा २८ सदस्यीय टोली :

किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल, शिशिर लेखी