४ बैशाख २०८१, मंगलवार

अल्मुताइरीका कारण एन्फालाई सात हजार डलर जरिवाना

anfa

एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले एसिया कप छनोटका क्रममा आचार–संंहिता उल्लंघन गरेको भन्दै नेपाललाई जरिवाना तिराउने भएको छ ।

एएफसीले दुई फरक नियम उल्लंघनको आरोपमा नेपाललाई ७ हजार डलर जरिवाना तिराउने निर्णय गरेको हो । एएफसीको गत साता बसेको अनुशासन र आचार(संहिता कमिटीको बैठकले यस्तो निर्णय गरेको आज विज्ञप्तिमार्फत् सार्वजनिक भएको हो ।

एसिया कप छनोटको तेस्रो चरणमा इण्डोनेसियासँगको खेलअघि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी ड्रेसिङ रुपमा प्रवेश गरेको बताईएको छ ।

इण्डोनेसियासँगको खेलअघि कुवेत र जोर्डनविरुद्धको खेलमा पहेँलो कार्ड पाएको अलमुताईरी त्यो खेलका लागि निलम्बित थिए ।

अलमुताइरीले प्रतियोगिता नियमावलीको धारा २१ दशमलव १ उल्लंघन गरेकोमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले ६ हजार डलर जरिवाना तिर्नुपर्ने छ ।

त्यस्तै, सोही खेलको पहिलो हाफ सुरु गर्न ढिलाइ गरेको भन्दै थप १ हजार डलर जरिवाना तोकिएको हो ।