१५ बैशाख २०८१, शनिबार

आपसी झगडामा बाबुको हत्या अभियोगमा एक युवक पक्राउ

arest

रुपन्देहीको देवदहमा बाबुको हत्या अभियोगमा छोरा पक्राउ परेका छन् । बुबा ५१ वर्षीय प्रेमप्रसाद पुनको हत्या गरेको अभियोगमा प्रहरीले उनका २७ वर्षीय छोरालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा देवदह नगरपालिका–१० का दीपक पुन रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

वडा प्रहरी कार्यालय बुटवलकाअनुसार आपसी झगडामा दीपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै निधन भएको हो ।