१६ चैत्र २०८०, शुक्रबार

बिहान साढे नौ बजेदेखि मतगणना सुरु रुपन्देही–४ को

ele 2

रुपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ ।  निर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो ।

सर्बदलीय बैठकको निर्णयअनुसार बिहान साढे नौ बजेदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए । 

यस क्षेत्रमा प्रतिनिधि सभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक सवाजवादी पार्टीका बरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिष्पर्धा छ । यस क्षेत्रमा ७७ हजार ६४ मत खसेको थियो ।  यहाँ कुल मतदाता १ लाख १० हजार ६६९ रहेका थिए ।