१३ बैशाख २०८१, बिहीबार

मन्त्रिपरिषदको सिफारिसमा संसदका दुवै सदनको अधिवेशन अन्त्य

house

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा सङ्घीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारी समक्ष चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य भएको जानकारी दिनुभएको हो । उहाँले संसदीय संसदको दुवै सदनको चालू अधिवेशन साउन ३२ गते राति १२ बजेदेखि अन्त्य गरिएको बताउनुभयो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्यूँत्याएपछि गत साउन ३ गतेबाट अधिवेशन सुरु भएको थियो । चालू अधिवेशन प्रतिनिधिसभा पुनर्स्थापनापछिको पहिलो अधिवेशन हो ।