१५ चैत्र २०८०, बिहीबार

इपीएल क्रिकेट खेल्ने खरेलु खेलाडीको पारिश्रमिक बढ्यो

EPL

आसन्न चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएल खेल्ने घरेलु खेलाडीको पारिश्रमिक बढेको छ ।

आयोजक इपिएलले अबको संस्करणमा सहभागि हुने सबै नेपाली खेलाडीले पाउँदै आएको परिश्रमिक २० प्रतिशत बढाएको जानकारी दिएको छ ।

कोभिडका कारण उत्पन्न कठिनाई मध्यनजर गर्दै सहभागी टिम मालिक र व्यवस्थापनबीचको छलफलले पारिश्रमिक बढाउने निर्णय गरेको हो । घरेलु फ्रेन्चाईज लिगमा पहिलो पटक खेलाडीको पारिश्रमिक बृद्धी गरिएको हो ।

इपिएल आगामी असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । यसका लागि समभागी टोलीहरुले खेलाडी अनुबन्ध गर्दै तयारीमा जुटिरहेका छन् ।

लिगमा साबिक विजेता ललितपुर प्याट्रीयट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स गरि ६ टोली रहेका छन्।