१६ चैत्र २०८०, शुक्रबार

सरकारलाई माओवादीको ध्यानाकर्षणः तुइन प्रकरणदेखि बेलायतको अनसनसम्म

moist center 3

नेकपा केन्द्रीय कमिटीको काठमाडौंमा जारी बैठकमा प्रस्तुत समसामयिक प्रस्तावमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

माओवादीको बैठकमा आइतबार नेता नारायणकाजी श्रेष्ठले प्रस्तुत गरेको समसामयिक प्रस्तावका विषयहरु ध्यानाकर्षषको उल्लेख छ ।

१. महाकाली नदीमा तुइन काटेर नेपाली युवाको मृत्यु भएको दुई हप्ता भयो । यसबारे भारतसँग वार्ता गर्न र क्षतिपूर्तिका लागि सहल गर्न सरकारसँग माग गर्ने ।

२. बेलायतमा गोर्खा सैनिकहरुले गरिरहेको आमरण अनसनमा ऐक्यबद्धता जनाउने । बेलायत सरकारसँग तत्काल वार्ताको पहल गर्न सरकारसँग माग गर्ने ।

३. कोरोनाको तेस्रो लहरको खतरा देखिएको हुनाले त्यसको रोकथामको तयारी गर्न, जनतालाई खोपको प्रवन्ध गर्न र समग्र अर्थतन्त्रको पुनरुत्थानको माग सरकारसँग गर्ने ।

४.सम्पूर्ण पार्टी पङ्क्तिलाई स्वास्थ्य मापदण्ड अपनाउँदै महामारीविरुद्ध जुध्न र देशका लागि योगदान गर्न आह्वान गर्ने ।

५. बाढी, पहिरोबाट पीडितहरूको राहत उद्धार र पुनर्निर्माणमा सरकारको ध्यानाकर्षण गर्ने ।

६. अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी गराउन सरकारसँग माग गर्ने ।