१४ बैशाख २०८१, शुक्रबार

कोरोना सङ्क्रमणका कारण ६० भन्दा बढी उमेर समूहको मृत्युदर उच्च

corona insurance

नेपालमा कोरोना सङ्क्रमणका कारण ६० वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिहरूको मृत्यु हुने दर उच्च रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म करिब ५४ प्रतिशत ६० वर्ष भन्दा बढी उमेरका व्यक्तिहरूको मृत्यु भएको हो ।

सङ्क्रमणले कूल १० हजार २ सय ९२ जनाको मृत्यु हुँदा ६० वर्ष माथिका ५ हजार ५ सय २२ जनाको मृत्यु भइसकेको छ ।

थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

देशभर आज २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

८ हजार ८८ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ९३ जना र ४ हजार १८ नमुनाको एन्टीजेन परीक्षण गर्दा ४ सय १९ जनामा संक्रमण पुष्टि भएको छ ।

१ हजार ८ सय ६७ जना संक्रमण मुक्त

आज १ हजार ८ सय ६७ जना संक्रमण मुक्त भएका छन् । हालसम्म ९३ दशमलव २ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ ।

हाल देशभर रहेका ३९ हजार २ सय ९८ सक्रिय संक्रमित मध्ये ७ सय ५८ जनाको सघन उपचार कक्षमा र १ सय ९३ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

३३ जनाको निधन

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट ३३ जनाको निधन भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १० हजार २९२ पुगेको छ ।