६ बैशाख २०८१, बिहीबार

महन्थ ठाकुर र राजेन्द्र महतो जसपा नेपालको साधारण सदस्यमात्र

Untitled 1 750x375 1
फाइल फोटो

जनता समाजवादी पार्टी नेपालमा महन्थ ठाकुर र राजेन्द्र महतोलाई साधारण सदस्यको रुपमा मात्र सीमित गरिएको छ ।

जसपाले केन्द्रीय कमिटीलाई अध्यावधिक गर्दै महन्थ ठाकुर, राजेन्द्र महतोलाई साधारण सदस्यका रुपमा सीमित गरेको हो । यसअघि ठाकुर पार्टीका अध्यक्ष थिए भने महतो वरिष्ठ नेताका रुपमा थिए ।

जसपाले निर्वाचन आयोगमा ५१५ जना केन्द्रीय सदस्यको नामावली पठाएको छ । उक्त नामावलीमा महन्थ ठाकुर पक्षका अधिकांशको नाम छैन ।

जसपा नेपाल पार्टी कार्यालय स्रोतका अनुसार केन्द्रीय सदस्यको सूचीमा उपेन्द्र यादव नेतृत्वका तत्कालीन समाजवादी पार्टी नेपालका चारसय जना छन् भने बाँकी एकसय १५ जनामा महन्थ ठाकुर नेतृत्वको तत्कालीन राजपा र अन्य दलबाट आएकाहरु छन् ।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएर महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी गठन गर्न भनेको थियो । तर निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छ ।

यद्यपि ठाकुर पक्षले अहिले पनि जसपाकै ब्यानरमा जिल्ला तथा प्रदेशमा कार्यक्रमहरु गरिरहेको छ । महन्थ ठाकुरले जसपा आफूहरुको पार्टी रहेको दावी गर्दै आएका छन् ।