१६ चैत्र २०८०, शुक्रबार

साढे तीन महिना पछि सर्‍यो कांग्रेसको १४औं महाधिवेशन, मंसिर ९ देखि १३ सम्म गर्ने निर्णय

congress meating

नेपाली कांग्रेसको १४ औ महाधिवेशन साढे तीन महिनापछि सरेको छ ।

केन्द्रीय सदस्य मीन विश्वकर्माले शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए ।

आज बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले भदौ १४ गते हुने भनिएको महाधिवेशन मंसिरमा गर्ने निर्णय गरेको हो। भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो ।

महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतसम्म हुने छ । यस्तै प्रदेशको अधिवेशन कात्तिक १० गतेदेखि १२ गतेसम्म गरिने छ । केन्द्रीय समिति बैठकको निर्णय अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको हो ।

भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ । वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।

यसैगरी जिल्ला अधिवेशन भने असोज १० गते गर्ने गरी मिति तय गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिनुभयो । प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १ गते र प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज ५ गते हुने छ ।

गाउँ तथा नगर अधिवेशन भने भदौ २७ गते गरिने छ । वडा अधिवेशन भदौ १७ गते गर्ने कांग्रेसले जनाएको छ । भदौ २ गतेसम्ममा क्रियाशील सदस्यको नामावली तयार गरिने छ भने भदौ २ गते नै निर्वाचन निर्देशिका पेश हुने छ ।

भदौ १६ पार्टीको १४ औं महाधिवेशन हुन नसक्ने भए पछि केन्द्रिय कार्यसमितिले मंसिरमा महाधिशेन गर्ने निर्णय गरेको हो ।