
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेश सरकारले गरेको कामको उपलब्धिहरू जनताले महसुस गर्न थालेको बताउनुभएको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ५, स्थित ज्यामिरे खोलामा निर्माण गरिएको पक्की पुलको शनिबार उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विकास निर्माणको कामलाई गति दिएको र जनताले विकासको महसुस गर्न थालेको बताउनुभयो ।
गाउँपालिका, सङ्घीय सरकार र प्रदेश सरकारको ३ करोड ११ लाख रुपैयाँ लागतमा पुल निर्माण भएको हो ।