१६ चैत्र २०८०, शुक्रबार

पूर्वि चितवनको जंगलमा फेरि भेटियो हाडखोरमात्र रहेको शव

hadkhor 1024x512 1

चितवनको खैरहनी नगरपालिका–१३ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा मानिसको हाडखोर फेला परेको छ । आज शनिबार उक्त वनको इचर्नी पोष्ट नजिक कट्टु र हड्डीका दुई वटा टुक्रा भेटिएको हो ।

वनका अध्यक्ष गणेश श्रेष्ठका अनुसार उक्त शव खैरहनी १३ का ६६ वर्षीय भदै महतोको भएको खुलेको छ । महतो ६ दिन देखि बेपत्ता थिए । महतो साउन २५ गते घाँस काट्न वन गएका थिए ।

निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको टोलीसहित हात्ती परिचालन गरेर महतोको खोजी भइरहेको थियो । खोजी गर्ने क्रममा हिजो शुक्रबार इचर्नी पोष्ट नजिकै महतोको टोपी र चप्पल भेटिएको थियो । परिवारजनले कट्टु, चप्पल र टोपीका आधारमा महतोको शव हो भनि पहिचान गरेका छन् ।

महतोलाई बाघले आक्रमण गरी मारेको हुन सक्ने अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीले घटनाबारे थप अनुसन्धान भै रहेको बताउँदै फेला परेका हड्डीका टुक्रा डिएनए परीक्षणका लागि पठाइएको जनाएको छ ।