१४ बैशाख २०८१, शुक्रबार

एमालेमा वामदेव गौतमजस्तो अपमानित भएर बस्न चाहन्न : माधव नेपाल

madhav nepal
फाइल फोटो

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमालेले जनविश्वास कायम राख्न नसकेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले एमालेभित्र रहेको गलत र अहंकारी प्रवृतिले जनविश्वास गुमेको भन्दै आफ्ना लागि मैदान खाली रहेको बताए ।

‘अहंकार, व्यक्तिवाद, स्वार्थ हावी भयो । विकृति विसंगति धेरै कुरामा देखापरे’, नेता नेपालले भने, ‘यो समस्याको समाधान गर्ने कि त्यहीभित्र छिर्ने भन्ने प्रश्न छ । त्यस्तो प्रवृत्तिलाई सहयोग पुग्ने कुनैपनि काम गरिँदैन, त्यसका विरुद्ध जुधिन्छ’ उनले अपमान सहेर पार्टी एकता गर्न नसकिने पनि बताए ।

एमालेमा वामदेव गौतमजस्तो अपमानित भएर भाग्नुपर्ने र घर न घाटको अवस्था आउने अवस्था आफ्नो लागि स्वीकार्य नहुने नेपालले बताए । असहज बाटो रोज्ने आफ्नो चाहना नभए पनि बाध्यता हुन सक्ने भन्दै उनले एमाले विभाजनको संकेत गरेका छन् ।