१४ बैशाख २०८१, शुक्रबार

शंकर पोखरेलले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्ड प्रतिशोधको मोहरा’

shankar pokhrel
फाइल फोटो

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्ड प्रतिशोधको मोहरा भएको बताएका छन् ।

दाङमा सहीद नेत्रलाल अभागीको सालिक अनावरणपछि आयोजित कार्यक्रममा पोखरेलले प्रचण्डमा रहेको अस्थिरता अवसरवाद र महत्वकांक्षाले अहिलेको अवस्था सिर्जना भएको बताए । “माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने असफल प्रयासले अहिलेको अवस्था सिर्जना भएको हो,” पोखरेलले भने, “केपी ओलीलाई हटाउन अदालतको सहारा लिँदा अहिलेको अवस्था सिर्जना भयो ।”

लोकतन्त्रमा सरकार परमादेशबाट होइन जनताको जनमतबाट निर्माण हुने पोखरेलको भनाइ छ । “संसदीय लोकतन्त्रमा अदालतबाट सरकार आउदैन जनताको मतबाट आउँछ,” पोखरेलले भने, “यसले नेपालको राजनीतिलाई दुई ध्रुवमा विभाजन गरेको छ ।”

नेपालीको राजनीतिमा एउटा स्वधिनता र राष्ट्रियता अंगाल्ने ध्रुवको नेतृत्व केपी ओलीले गर्ने र प्रचण्ड देउवाहरुले कुण्ठा र अवसरवादी ध्रुवको नेतृत्व गर्ने पोखरेलले दाबी गरे ।